कांग्रेस उपसभापति गच्छदार विशेष अदालतमा उपस्थित

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् । अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता पु...