समाजवादको कार्यदिशा तय गर्ने भन्दै माओवादी केन्द्रले आयोजना गरेको ८ औं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उत्पादन र विकास निर्माणका कामको कार्ययोजनासमेत समेटेका छन् ।
प्रचण्डले महाधिवेशनको बन्दसत्रमा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । महाधिवेशन प्रतिनिधिहरू प्रचण्डको उक्त प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।
प्रचण्डले प्रतिवेदनमा अर्थतन्त्रलाई दलाल र बिचौलियाको हातबाट जोगाउनुपर्ने भन्दै पार्टीले नै उत्पादन र विकासको काम अघि बढ...