आजै लगनगाँठो कस्दै नीता

अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।     नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार