पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पछिल्लो समय एउटै हुटहुटी थियो, संक्रमणकालीन न्यायलाई टुंगो लगाउने । उनका वृत्तका नजिक राजनीतिज्ञ र संविधानविद्हरूका अनुसार नेम्वाङ शीर्ष नेताहरूलाई मनाएर संक्रमणकालीन न्यायको विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरतको अन्तिम बिन्दुमा पुगेका थिए ।