महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो ६ लेन सडक विस्तार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]

सम्बन्धित सामग्री

महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो जडीबुटीमा ६ लेन सडक विस्तार

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर–टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका...

६ लेन सडक विवाद : दुहबी खण्डको संरचना हटाइने

माघ १२, धरान । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।  मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खाली गर्न आग्रह गरेको हो ।  सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबीमा मात्रै सडक विस्तारको काम अवरुद्ध भएको छ । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किेनछन् ।  दुहबी बजारमा ६०० मिटर लम्बाईमा सडकको अधिकार क्षेत्रमा १६ दशमलव ४६ मिटर रहेको छ । दुहबी बाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माणको काम प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । रानीदेखि धरानसम्मको सडक विस्तारको क्रममा मुख्य अवरोध भएको दुहबी बजार खाली गर्न सडक योजनाले पत्राचार गरेको छ । दुहबी नगरपालिकालाई योजना कार्यालयले मर्मत कार्यको लागि संरचना हटाउन आग्रह गरेको हो ।  गत पुस २६ गते नगरपालिकालाई पत्राचार गर्दै सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ । बुढी खोलादेखि दुहबी बजारसम्म सडक विस्तारको निर्माण स्थल नहुँदा सडक विस्तार हुन नसकेको योजना कार्यालयले जानकारी दिएको छ । योजना प्रमुख बद्रीप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा दुहबी नगरपालिका भित्र पर्ने बुढी खोलादेखि दुहबी बजारसम्म निर्माण स्थलको उपलब्धता नहुँदा सडक विस्तार हुन नसकेको लेखिएको छ । योजनाको बिच भागमा पर्ने दुहबी बजार खण्ड निर्माण मर्मतको अभावमा जिर्ण हुन गई सवारी जाम हुने र दूर्घटनाको दर बढ्दै गएको उल्लेख गरिएको छ ।  वर्षाको समयमा हिलाम्मे र अन्य समयमा धुलाम्मे भइ जनस्वास्थ्यमा असर परिरहेको जानकारी दिएको छ । सवारी चाप बढेको कारण मर्मत अनिवार्य रहेको बताउँदै योजनाले सहज बनाईदिन आग्रह गरेको छ । आयोजनाले पत्रमार्फत सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गर्दै उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुर र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बोधार्थ समेत दिइएको छ ।  विराटनगरको रानीदेखि धरानको तीन कुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको काम भइरहेको छ । विराटनगरको रानीमा भन्सार कार्यालयका कारण लामो समयदेखि रोकिएको काम भर्खरै शुरु भएको छ । रानी विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग विस्तारको काम आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न हुनुपर्ने थियो । तर यो सडक विस्तारको काम पटक पटक म्याद थपिदै आएको छ ।  अबको दुई वर्ष अर्थात् २०८० भित्र सबै प्याकेजको काम पूरा गर्नुपर्ने समय सीमा छ । तर अहिलेसम्म ११ ओटा प्याकेजमा २८ किलोमिटर सडक कालोपत्र गर्ने काम मात्र पूरा भएको छ ।