चीनका उत्पादकबाट प्रत्यक्ष सामान खरिद गरी नेपाली उपभोक्तासम्म पुर्याउने अवधारणासहित नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा आएको छ । कम्पनीले परम्परागत आयात तथा वितरण प्रणालीमा रहेका विभिन्न तह घटाउँदै स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको प्रक्रिया एउटै व्यवस्थापनअन्तर्गत सञ्चालन गर्ने जनाएको छ । यसबाट उपभोक्तालाई प्रतिस्पर्धी र पारदर्शी मूल्यमा सामान उपलब्ध गराउने कम्पनीको दाबी छ । […]