काठमाडौं। भारतसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले विजयी भएको छ। सिक्किमको पाल्जोर रंगशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेनन्। खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबीच थप गोल नभएपछि पेनाल्टी सुटआउटमा नेपाल ३-० ले विजयी भएको हो। नेपालको गोलपोस्टको जिम्मा […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउन आज मन्त्रालयमा ती सञ्चारमाध्यमका पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ। यो पहिलो पटक मन्त्रालयले अनलाइन टिभीका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गरी राय सुझाव लिएको हो। अन्तरक्रियामा पत्रकारहरूले चौथो पुस्ताको पत्रकारिता सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनीयता र जिम्मेवारिता कायम राख्नुपर्नेमा जोड दिए। उनीहरूले अनलाइन टिभीलाई मूलधारको […]
काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। आज बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्तागठबन्धको बैठकले उनले विश्वासको मत लिने मिति तय गरेको हो। बैठकमा सरकारमा सहभागिताको टुंगो नलगाइसकेका तर विश्वासको मत दिने आश्वासन दिएका एक÷एक सांसद भएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका नेता पनि आज साँझको […]
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा संलग्नहरूलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ भन्नेमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जोड दिएका छन्। आज वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अध्यक्ष कार्कीले भदौ २४ गतेको घटनामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा भएको क्षति गम्भीर अपराधको दायरामा पर्छ भन्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई सुझाव दिए। उनी भन्छन्, “सरकारी […]
काठमाडौं। सरकारको आह्वानमा राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीचको छलफल सकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सरकारीनिवास बालुवाटारमा साँझ करिब ५ बजेदेखि सुरु भएको छलफल भर्खरै सकिएको हो। प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहाकार रामबहादुर रावलले छलफल भर्खरै सम्पन्न भएको जानकारी दिए। छलफलमा प्रधानमन्त्री कार्की‚ जेनजी प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए।