बजेट सकरात्मक, कार्यान्वयनमा चुनौती : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट सकरात्मक आएको बताएका छन् । उनले आज प्रस्तुत बजेटबारे प्रतिक्रिया दिँदै सकरात्मक र स्वागतयोग्य बजेट आएको उनले बताए ।‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र उत्पादनशील क्षेत्रलाई पनि महत्व दिएको  देखिन्छ’ उनले भने, ‘कतिपय योजना कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न छ ।’तर, बजेटले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको र निर्यातलाई प्रोत्साहन गरेकोमा उनले खुसी व्यक्त गरे ।