सन्दीप नेपाल आउन किन गर्दैछन् ढिलाइ ? प्रहरी भन्छ– विमानस्थलबाटै पक्राउ गर्छौँ

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छैनन् । कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर...