एमालेको दशौं महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा भाग लिन कास्कीबाट खुलातर्फ २१, महिलातर्फ ६ र दलित तथा जनजातिबाट ५ जना प्रतिनिधि छानिएका छन् ।खुलातर्फ दामोदर बैरागी, कृष्ण थापा, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी र दीपक पौडेल महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसैगरी पुष्पज्योति ढुंगाना, विजय सुवेदी, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनब

सम्बन्धित सामग्री

मेरो उडानमा ३१ जना यात्रु छुटेको थाहै भएनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरेका छन्। दुबईमा कोप–२८ मा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यात्रु छुटेको विषय आफूले थाहा नपाएको दाबी गरे। उनले आफूलाई उडान दुई घण्टा अघि सार्दा यात्रुहरु छुट्छन् भन्ने जानकारी भएको […]

चितवन क्षेत्र नं २ मा छ सय ३१ जना मतदाता थपिए

चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । यो संख्या गत मंसिरमा भएको निर्वाचनको तुलनामा बढी हो । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । वैशाख १० गते …

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभा सदस्यका ६० मध्ये ३१ जना सांसदहरूले विश्वासको मत प्रदान गरेका छन्।उनलाई अधिकारीलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन्। शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो।मतदानमा ५८ जना सांसदहरू सहभागी भएका थिए। एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पर्वतका मित्रलाल बस्

५ हजार बढी प्रहरी जवान दीक्षित

नेपाल प्रहरीका ५ हजार बढी जवानहरू दीक्षित भएका छन् । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका हुन् ।१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त दीक्षान्त समारोहमा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षि

सिन्धुपाल्चोक एमालेले छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेकपा एमाले सिन्धुपाल्चोकले सर्वसम्मतिमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । महाधिवेशनमा सहभागी हुने ३१ जना प्रतिनिधि छनौट गरिएको प्रतिनिधि निर्वाचन कमिटी संयोजक विनोद नेपालले जानकारी दिए । सिन्धुपाल्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ महिलातर्फ ५ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ महिलातर्फ चार जना र दलिततर्फबाट दुई जना गरी ३१ जना प्रतिनिधि चयन भएका हुन् ।  एमालेले मंसिर १० देखि १२ सम्म चि...

एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन

नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

लिडर प्रोजेक्ट कार्यक्रम सम्पन्न

नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्र्टन विश्व विद्यालयको आइभी विजनेश स्कुलका विद्यार्थीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ को सातौं संस्करण सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना सहभागी थिए । विजनेश ट्रेनिङ्गमार्फत आर्थिक विकासमा सघाउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।