विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि…