सर्वोच्चले स्थगित गर्यो एआइजी बढुवाविरुद्ध रिटको सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबार स्थगित गरेको छ।अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आजका लागि तोकिएको पेशी सर्वोच्चले स्थगित गरेको हो। आज दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि सर्वोच्चले पेशी स्थगित गरेको हो। सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले एआइजी बढुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित आज छलफलका लागि दुवै पक्षल