काठमाण्डाै – मनसुन थप सक्रिय भएको छ । आज दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले वाग्मतीसहित प्रदेश एक र लुम्बिनीका केही ठाउँमा भारी वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पनि पानी परिरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पर्ने मौसमविद्को अनुमान छ । भोलि सुदूरपश्च...