नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ६० हजार भन्दा बढी

काठमाडौं । नेपालमा हालसम्म २ लाख ६० हजार ५९३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै हालसम्म २ लाख ६० हजार ५९३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । बुधबार ६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५३४ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १९६ महिला र २३८ पुरुष छन् । यसैगरी काठमाडौं उपत्यकामा २४७ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १०३ महिला र १४४ पुरुष छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ । यस्तै, आज ४४७ जना निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ । आज देशभर ६ हजार ३७८ सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

छ हजार परीक्षणमा पाँच सय ३४ सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका पाँच सय ३४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९३ पुगेको छ । हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय ७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा चारसय ४७ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८४ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा नाै जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८५६ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार तीनसय ७८ जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।

पाँच हजार ११० परीक्षणमा पाँच सय ११ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको छ । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा छसय जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.९ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको छ । हाल छछ हजार तीन सय जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।