‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेसका बागी दिनेश कोइरालालाई पराजित गरेका थिए ।गठबन्धन गरेर कांग्रेसको नेतृत्वले गलत निर्णय गरेको भन्दै कोइरालाले बागी उम्मेदवार बनेका थिए । पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थन पाएपछ