संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जन