नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम अर्थात् डीआरएस प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार भिडियो सन्देशमार्फत नेपालमा पहिलो पटक यो प्रविधि प्रयोग गर्न लागिएको जानकारी दिएका हुन्। यससँगै प्रतियोगितामा खेलाडीले अम्पायरका निश्चित निर्णय पुनः जाँच गर्न अनुरोध गर्ने अवसर पाउनेछन्। एनपिएलमा डीआरएस ल्याउने तयारीबारे […]