मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने

सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् ।  शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पह