ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुनेछन्। उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ। त्यस्तै आफ्नो पहिलो खेलमा चितवनसँग पराजय ब्यहोरेको विराटनगर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा…