वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।