एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डको महिला क्रिकेट टिमले चार विकेटको क्षतिमा १३० रन बनाएको हो ।