रवि लामिछानेको बयान– भीडले कारागारबाट निकालेपछि रेस्टुरेन्टको बार्दलीमा उक्लेर भाषण गरेँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु जेलमा आएको भिडले आफूलाई बाहिर निकालेको र बाहिर निक्लेपछि छेउको रेस्टुरेन्टको बार्दलीबाट भाषण गरेको बयान दिएका छन्।