काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ । सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम […]