जुन ३ को बिहान घामको पहिलो किरण झुल्किँदासम्म हामी अझै क्याम्प–५ कै टेन्टका खम्बा समातिरहेका छौं। हावाको बेग बिस्तारै कम हुँदै जान्छ। र उज्यालो फैलिँदै गएपछि त्यो पूरै शान्त हुन्छ। मलाई निसास्सिने गरी दबाइरहेको चिसो र नरम बरफलाई लगातार सकिनसकी धकेल्ने प्रयास गर्छु। र यस्तो प्रत्येक प्रयास आफैँमा नायकत्व जस्तो बनेको छ। मेरो मानसिक संवेदना […]