कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड

कञ्चनपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ। ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ। ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन्। यी स्थानमा राखिएका ‘सावधान […]