काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो। जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ। यद्यपि, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएकाे छैन। को हुन् चोलेन्द्र शम्शेर जबरा ? चोलेन्द्र शम्शेर जबरा राणा परिवारका सदस्य हुन्। […]