आर्थिक सूचकमा व्यवसाय विस्तार गरिरहेको देखिए पनि संस्थागत सुशासन, व्यवस्थापकीय विवाद, शेयरधनीबीचको असन्तुष्टि र नेपाल राष्ट्र बैंकको नियामकीय कारबाही खेपिरहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विवादबीच सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। पोखरामा शुक्रबार सम्पन्न साधारणसभामा औपचारिक एजेन्डाभन्दा संस्थाभित्र लामो समयदेखि देखिएको विवाद र तत्कालीन व्यवस्थापन तथा सञ्चालक समितिको कार्यशैलीप्रति शेयरधनीको असन्तुष्टि बढी मुखर बनेको […]