काठमाडौं । हुथी विद्रोहीहरूले साउदी अरबले यमनका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ५४ पटक हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी लडाकु विमानले ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा आक्रमण गरेका हुन्। हुथीहरूले सोमबार साउदी सैन्य अखडालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी पनि गरेका छन्। […]