ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्या तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् । मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँगको भेटमा मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा परेको बताए । उनले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणी निकै मर्कामा परेका छन्, ऋण लिएर व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन ।’ यसअघि ऋण लिएकाले समेत साँवा ब्याज भुक्तानी गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानाकर्षण गराए । मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजान ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि बन्द गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छाँयाबाट मुक्त बनाउनुपर्ने बताइन् । अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियम पुरानो भएकाले पनि परिणाममुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ । सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताए ।

सम्बन्धित सामग्री

बूढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन चेम्बरको आग्रह

२० पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् । गोरखा चेम्बर अफ कमर्सले गोरखामा आयोजना गरेको कृषि, पर्यटन तथा व्यपार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्ने […]

ब्याजदरको समस्या सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।...

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,

अर्थतन्त्रसम्बन्धी विधेयक अगाडि बढाउन सभामुखलाई चेम्बरको आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्शले संसद्‍मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए […]

रोकिएका आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको  छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता गरी चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ विधेयक अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको हो । विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधन हुन नसकेको चेम्बरका पदाधिकारीहरुले गुनासो गरे ।

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गर्नुभएको छ ।