निर्वाचनमा अन्तर्घात गरेको आरोपमा एमाले कास्कीले गर्‍यो तीन जनालाई कारबाही

काठमाडौं । नेकपा (एमाले) कास्कीले स्थानीय तह निर्वाचनमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी, वडा […]

सम्बन्धित सामग्री

अन्तर्घात गर्नेको विवरण माग

कांग्रेस जिल्ला समिति काभ्रेले निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ । कांग्रेस काभ्रे सभापति तीर्थ लामाले ४ मंसिरको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूको विवरण पठाउन निर्देशन...

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ। पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात...

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू बताउँछन् ।असार २० गते बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति गठन गरेको थियो

अन्तर्घात गर्नेलाई कारबाही गर्छौं: प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन्।उनले पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्।उनले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको पनि प्रष्ट पारेका छन्।

स्थानीय निर्वाचनको अन्तर्घात खोतल्दै प्रमुख दलहरू

एमाले र माओवादीले अन्तर्घात छानबिनका लागि समिति बनाए, कांग्रेस र एकीकृत समाजवादीले प्रतिवेदन तयार पारे स्थानीय निर्वाचनमा पार्टीभित्रैका अन्तर्घातले केही ठाउँमा हार खाएको निष्कर्षसहित दलहरू आन्तरिक छानबिनमा जुटेका छन् । कतिपयले अन्तर्घात...

माओवादीले अन्तर्घात गर्नेको रिपोर्ट १५ दिनभित्र तयार गरी कारवाही गर्ने

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी गठन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारवाही गर्न कमिटी बनाएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।  ‘स्थानीय चुनावमा माओवादीमा धेरै उम्मेदवारमाथि अन्तर्घात भएको सूचना आएको छ । त्यसैले छान

अर्घाखाँचीमा कांग्रेसले अन्तर्घात गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढायो

नेपाली कांग्रेस अर्घाखाँचीले स्थानीय निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै २० जनालाई स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग गर्ने तथा अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको हो।...

ओलीले भने – एमाले हारेको छैन, तर लाजमर्दो अन्तर्घात भयो

११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका छन् । बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तर्घात पार्टीभित्र देखिएको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए । ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी […]

हारको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका छन् । काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट […]

अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई कारबाही सिफारिस

चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ।गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत सिफारिस गरेको हो। नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले बुढाथोकीलाई कारबाहीका लागि सिफा