आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न अनुरोध

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेका हुन् । सर्वोच्चका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको छ । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने कानुन व्यवसायीहरूले बताएका छन् । […]

सम्बन्धित सामग्री