महोत्सवको विरोधमा व्यवसायीले गरे तुलसीपुर बजार बन्द

दाङ : तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २३ वटा उपसमितिले तुलसीपुर बजार बन्द गरेका छन्। आगामी पुस १ देखि १२ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार तुलसीपुर बजार बन्द गरिएको हो।तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती महोत्सव आयोजना गर्न लागेको भन्दै  उनीहरूले मंगलबार बेलुका ५ बजेसम्म बजार बन्द गरेका हुन्।कोरोना महामारीका कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन् मर्कामा पार्ने तुलसीपुर फेन्सी व्यवसायी संघको संयोजक हरि कँडेलले बताए। उनले मेला