तस्वीर : धौलागिरी हिमालको मनोरम दृष्य

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । आरोही पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला बनेका थिए । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मिटर रहेको छ । तस्वीर : रासस   

सम्बन्धित सामग्री

हिउँको मात्रा घट्दै गएको धौलागिरी हिमाल[तस्वीर]

जलवायु परिवर्तनका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धौलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौं अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । ८ हजार १६७ मिटर अग्लो उक्त हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदैछ । तस्वीर : रासस

तस्वीर  : धौलागिरी हिमालको मनोरम दृष्य

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मीटर रहेको छ । तस्वीर : रासस

आइसफल क्षेत्रको दृष्य

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खलाको आइसफल क्षेत्रको रमणीय दृष्य ।   तस्वीर, रासस

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खला

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खलाको आइसफल क्षेत्रको रमणीय दृष्य । तस्वीर : कमल खत्री , रासस

धारापानीबाट देखिएको मनोरम हिमाली दृश्य

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर- कमल खत्री, रासस

तस्वीर : म्याग्दीको धारापानीबाट देखिएको हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर : रासस

तस्वीर : नीलगिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल । यो धौलागिरी हिमश्रृंखलामा पर्दछ । वर्षा रोकिएपछि खुलेको यो हिमालको दृश्यले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । तस्वीर : रासस

तस्वीर : धौलागिरि हिमशृङ्खलाको मनमोहक दृष्य

म्याग्दीको बेनी नगरपालिका - ५ मा पर्ने ऐतिहासिकस्थल डढेकोटबाट देखिएको धौलागिरि हिमशृङ्खला । धौलागिरी हिमालको उचाइ ८ हजार १६७ मिटर रहेको छ। तस्वीर : रासस

म्याग्दीको दुर्गम मुना गाउँबाट देखिइएको धौलागिरी हिमालको दृश्य। तस्वीर: रासस

म्याग्दीको दुर्गम मुना गाउँबाट देखिइएको धौलागिरी हिमालको दृश्य। तस्वीर: रासस