महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तको बिदाइ

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधु सन्तलाई रुद्राक्ष माला, शिव नामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधु सन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले बिहीबार र शुक्रवार समेत साधु सन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले […]