काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ।शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमत