रासायनिक मल, बीउ र मेसिनरी सम्बन्धी गोष्ठी

रासायनिक मल, बीउ र मेसिनरीको अवस्था विषयक गोष्ठी सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोग, साल्ट्र ट्रेडिङ कर्पाेरेसनले र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘नेसनल सिमपोजिम अन मेजर एग्रिकल्चर इनपुट सप्लाई सबसिडी एन्ड मेसिनगरी इन नेपाल’ गोष्ठी भएको हो । मल बीउ र मेसिनरीको विषयमा गोष्ठी सुरु भएको छ […]

सम्बन्धित सामग्री

रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढ्दो

काठमाडौं। पछिल्लो समय नेपालको बालीनालीमा रासायनिक मल, विषादी र उन्नत बीउको प्रयोग बढेको पाइएको छ । कृषि गणना २०७८ को तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको हो । तथ्यांकअनुसार विगत १० वर्षमा वर्णसंकर धानको बीउ प्रयोग गर्ने कृषक परिवारको संख्या ५ दशमलव ४ प्रतिशतबाट बढेर करीब १६ दशमलव ५ प्रतिशत पुगेको छ । यसबीचमा धानबालीमा विषादी प्रयोग गर्नेको संख्या १५ दशमलव ६ प्रतिशत बिन्दुले बढेर ४४ दशमलव ६ प्रतिशत पुगेको छ । धानखेती गर्ने २७ लाख ६५ हजार ५ सय कृषक परिवारमध्ये १४ हजार ७ सयले धानबालीमा अतिकडा (रातो) विषादी प्रयोग गरेको पाइएको छ । त्यसैगरी करीब ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासायनिक मल प्रयोग गर्ने गरेका छन् । तरकारी बालीमा उन्नत बीउ प्रयोग गर्ने कृषक परिवार १९ दशमलव ९ प्रतिशतबाट बढेर २२ दशमलव २ प्रतिशत पुगेको छ भने वर्णसंकर तरकारीको बीउ लगाउने कृषकको अनुपात करीब ५ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ । तरकारी बालीमा विषादी प्रयोग गर्ने कृषक परिवारको अनुपात विगत १० वर्षमा करीब १६ प्रतिशतबाट बढेर २७ प्रतिशत पुगेको छ । थोरै जमीनमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले उन्नत तथा वर्णसंकर जातको बीउतर्फ किसानको आकर्षण बढेको हो । त्यसैगरी तरकारी बालीमा विषादी प्रयोग गर्ने ५ लाख २८ हजार किसानमध्ये ५३ दशमलव २ प्रतिशतले सुरक्षित (हरियो), ३३ दशमलव २ प्रतिशतले मध्यम (नीलो), १२ दशमलव २ प्रतिशतले कडा (पहेंलो) र शून्य दशमलव ७ प्रतिशतले अतिकडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । साथै तरकारी बालीमा २४ प्रतिशत किसान परिवारले रासायनिक मल प्रयोग गर्ने गर्छन् । अघिल्लो गणनामा तरकारी बालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार करीब २२ प्रतिशत थिए । कृषि तथा पशुपन्छी गणना शाखाका निर्देशक डा. बद्रीकुमार कार्कीले पछिल्लो समय बालीनालीमा विभिन्न रोग कीराको प्रभाव बढ्दो रहेकाले त्यसलाई कम गर्न किसानले जथाभावी रूपमा विषादी हाल्नाले यसको प्रयोग बढेको बताए । उनका अनुसार थोरै जमीनमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले उन्नत तथा वर्णसंकर जातको बीउतर्फ किसानको आकर्षण बढेको हो । साथै प्रांगारिक मलभन्दा किसानको आकर्षण रासायनिक मलतर्फ नै रहेको र सरकारले पनि प्रांगरिक मल उत्पादनको क्षेत्रमा चासो दिन नसक्दा रासायनिक मल प्रयोगकर्ता बढेको देखिएको उनले बताए । मकैबालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार संख्या ४५ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुगेको छ । उन्नत र वर्णसंकर बीउ प्रयोग गर्ने किसान परिवार १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेका छन् । १० वर्षको अन्तरालमा मकैबालीमा कीटनाशक विषादी प्रयोग गर्ने किसान परिवार संख्या ९ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । हालको गणनाअनुसार नेपालमा २६ हजार किसान परिवारले मात्रै मकैखेती गर्छन् । गहुँबालीमा उन्नत तथा वर्णसंकर जातको बीउ प्रयोग गर्ने किसान परिवार संख्या २ प्रतिशत बिन्दुले बढेर ३३ प्रतिशत पुगेको छ । गहुँमा कीटनाशक विषादी प्रयोग गर्ने किसान परिवार संख्या १६ बाट बढेर २८ प्रतिशत पुगेको छ । यद्यपि गहुँबालीमा रासायनिक मल प्रयोग गर्ने किसान परिवार संख्या भने घटेको छ । अघिल्लो गणनामा ६४ प्रतिशत किसानले गहुँबालीमा रासायनिक मल प्रयोग गर्ने गरेकोमा अहिले घटेर ५८ प्रतिशतमा सीमित भएको छ ।

यसपालि पनि धान रोप्ने बेला रासायनिक मल अभाव

काठमाडौं ।  धान रोप्ने बेला रासायनिक मल नपाउने समस्या यसपालि पनि दोहोरिने निश्चितजस्तै भएको छ । यसपटक धानबालीका लागि ९० हजार मेट्रिक टन रासायनिक मल अपुग हुन सक्ने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको बजेटबाट खरीद गरिने रासायनिक मल समयमा नआइपुग्दा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धानबालीका लागि मल अभाव हुने निश्चितजस्तै देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख बालीधानका लागि मल अभाव हुन सक्ने देखिएको बताएको छ । धानको बीउ राख्नेदेखि रोपाइँ गर्ने बेलासम्म करीब १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डीएपी आवश्यक पर्छ । त्यसपछि टप ड्रेसिङका लागि फेरि छुट्टै ६० हजार टन युरिया र ३० हजार टन डीएपी चाहिन्छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले चालू आर्थिक वर्षमा मल खरीदका लागि बजेट भाषण र थप स्रोत सुनिश्चिततामार्फत ३१ अर्ब रुपैयाँ छुट्ट्याएको थियो । उक्त बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतसँग जीटुजी प्रक्रियाबाट ३० हजार टनसहित ३ लाख ३१ हजार ५ सय टन मल किन्ने व्यवस्था भइसकेको छ । त्यसमध्ये २ लाख ३७ हजार ५ सय टन मल आयात भएको छ । ९४ हजार टन आयात गर्न बाँकी छ । यसले गर्दा धान रोप्ने सिजनमा मल अभाव हुन सक्ने संकेत देखिएको उनले बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ५२ हजार टन युरिया, ४ हजार टन डीएपी र ५ सय टन पोटास मल मौज्दात छ । २० हजार टन डीएपी नेपाल भित्रिने क्रममा छ । २० हजार टन युरिया पनि आयातको पाइपलाइनमा छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग २७ हजार टन युरिया र १८ हजार टन डीएपी मौज्दात छ । यो सबै मल चैतेधान र मकै बालीका लागि ठिक्क हुने भएकाले वर्षेबालीका लागि थप मल आवश्यक पर्ने कृषि कम्पनीका खरीद विभाग प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गतवर्षको मागलाई आधार मान्ने हो भने त्यसअनुरूप मल ल्याउन नसके जेठ र असारमा मल अभाव हुने पक्का जस्तै छ । ‘यद्यपि रोकिएको मल समयमा ल्याउन सकेमा र सरकारले पछिल्लोपटक स्रोत सुनिश्चित गरेको ७ अर्ब ५० करोड रुपैयाँबाट पनि समयमै मल खरीद प्रक्रिया अघि बढाउन सके अभाव टार्न सहज हुनेछ,’ उनले आर्थिक अभियानसँग भने । कम्पनीले आगामी आर्थिक वर्षमा विनियोजन हुने बजेटबाट २५ हजार टन डीएपी र ३० हजार टन युरियाका लागि टेन्डर आह्वान गरिसकेको छ । सोही परिमाणको अर्को खेपका लागि बोलपत्र आह्वान गर्ने प्रक्रियामा कम्पनी छ । साल्ट ट्रेडिङले गतवर्षको बजेटबाट टेन्डर प्रक्रिया पूरा भएको ५० हजार र २७ हजार टन युरियाका साथै २० हजार टनको तीनओटा टेन्डरबाट मल ल्याउन नसकेपछि मल अभाव देखिन गएको हो ।

कमिसनको चक्करमा मल नआएको आरोप

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिशनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् ।सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको […]

‘सरकार कमिसनको चक्करमा फँसेर मल ल्याउन सकेन’

काठमाडौँ – नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन्। मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख […]

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फ

किसानका समस्या : न गुणस्तरीय बीउ, न वेलामा रासायनिक मल

दाङ  : धान दिवसका दिन लमही नगरपालिका १ का लिलाराम चौधरीले खेतमा आली लगाइरहेका थिए। सिमसिम पानी परिरहेको अवस्थामा भोलिपल्ट रोपाइँको तयारीका लागि खेतको गरामा आली लगाइरहेको थिए। तर, उनी धान दिवसबारे बेखबर थिए। ‘मैले अहिलेसम्म यो धान दिवस भनेर थाहा पाएको छैन। हामी जस्ता किसानलाई यस्ता कार्यक्रमको कुनै मतलब हुँदैन!, उनले भने, ‘हामीलाई सधैँ खेतीपाती  गर्ने समयमा उही चिन्ता हुन्छ, राम्रो बीउ, मल र पानी। भोलि मेरो रोपाइँ छ। अहिलेसम्म रासायनिक मल पाएको छैन।’ यस्

रोपाइँ सुरु भइसक्दा पनि मल नपाएपछि किसान निराश

रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । रोपाइँमा व्यस्त हुने समयमा समेत किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् । नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउनुहुन्छ । ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् ।बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारती

धानको बेर्ना राख्ने बेलामा रासायनिक मलको अभाव

झापा-मानो खाएर मुरी उब्जाउने तयारी गरिरहेका झापाका किसान रासायनिक मल पाउन नसक्दा चिन्तित भएका छन् ।वर्षा सुरु भएसँगै धानको बिउ राख्ने बेलामा रासायनिक मल नपाउँदा किसान चिन्तित भएका हुन् । झापा बाह्दशी–७ की दिलकुमारी मिश्र भन्छिन्, “पानी लगातार परिरहेको छ, धानको बीउ राख्नुपर्ने मल छैन । मलबिना धानको बेर्ना राम्रो फस्टाउँदैन, त्यसले धान पनि राम्रो […]

दाङमा युरिया मल अभाव

देउखुरी । घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उनले अझैसम्म बीउ राख्न सकेका छैनन् । धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने ? उनको भनाइ थियो । […]