सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छुः प्रधानमन्त्री

महेन्द्रनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे।

सम्बन्धित सामग्री

नेपालमा सोलार ऊर्जा: क्षमताको ३.३३ प्रतिशत मात्रै विकासको चरणमा

काठमाडौं। नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट र लगानीको हिसाबले सम्भाव्य ४२ हजार मेगावाटलाई आधार मान्दा सबैजसो आयोजना कुनै न कुनै हिसाबमा विकासको विभिन्न चरणमा पुगेका छन् । तर, ३० हजार मेगावाट उत्पादन सम्भावना रहेको सोलारमा अहिलेसम्म हजार मेगावाटका आयोजना मात्रै विकासको विभिन्न चरणमा छन् । त्यसबाहेक व्यक्तिगत रूपमा घरायसी प्रयोजनका लागि राखिएका सिंगल सोलार प्यानलको संख्या पनि घट्दो क्रममा छ । जलविद्युत् उत्पादन भने हरेक वर्ष बढिरहेको छ । अहिले नेपालमा जलविद्युत्को जडितक्षमता ३ हजार मेगावाट पुगेको छ । २/३ वर्षअघि जडितक्षमता १२/१५ सय मेगावाट मात्रै हुँदा नियमित विद्युत् पाउने सर्वसाधारणले उत्पादन बढेपछि भने झन् धेरै हैरानी पाइरहेका छन् । विगतमा समय तोकेर यतिदेखि यतिबजेसम्म विद्युत् आपूर्ति हुँदैन भन्ने लोडशेडिङ तालिका निकालिन्थ्यो । उक्त समयमा वैकल्पिक ऊर्जाका लागि भन्दै सोलार र इन्भर्टरको जोहो गरिएको हुन्थ्यो । २०७४/७५ पछि क्रमश: लोडशेडिङ अन्त्य हुँदै गएपछि अहिले सीमित व्यक्तिबाहेक धेरैले सोलार र इन्भर्टर राखेका छैनन् । विद्युत् उत्पादन क्षमता बढेर दोब्बर भए पनि यसको आपूर्ति भने झन् झन् खस्किँदै गएको छ । जडित उत्पादन क्षमता १५ सय मेगावाट मात्र हुँदा सहजै विद्युत् आपूर्ति पाइरहेका उपभोक्ताले बिजुलीको उत्पादन बढ्दै जाँदा त्यसको सजाय पाउँदै गएको भान हुन्छ । झ्याप्प झ्याप्प बत्ती जानु, पंखा, एसी, मोटरलगायत धेरै बिजुली खपत गर्ने उपकरण चलाउन पावर नपुग्नु त कहिले हाई भोल्टेज विद्युत् आपूर्ति भएर घरको सबै बिजुलीको सिस्टम नै बिग्रिनु अहिले आम समस्या भइसकेको छ ।  विकसित देशमा कोइलाको अभाव भई उत्पादनमा कमी आउँदा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ । तर, उनीहरूले विद्युत् आपूर्तिमा कमी हुँदै छ भन्ने संकेत पाउनेबित्तिकै आफ्नो घरको बिजुली माग आफै धान्ने गरी वैकल्पिक व्यवस्था गर्न शुरू गरिसकेका छन् । अर्थात् उनीहरूले घरको छानोमा सोलार प्यानल राखेर आफूलाई चाहिने विद्युत्को जोहो आफै गरिरहेका छन् । नेपालमा पनि बिजुलीको गुणस्तरमा सुधार आएन भने ७/८ वर्षअघि नेपालमा राम्रै व्यापार भइरहेको सोलारको माग फेरि पनि बढ्न सक्ने ऊर्जाक्षेत्रका जानकार बताउँछन् । विगतको भन्दा परिष्कृत सोलार प्यानलका कारण अहिले थोरै खर्चमा पनि आफूलाई चाहिने विद्युत् आफै जोहो गर्न सकिने अवस्था छ । हिजोका दिनमा एउटा घरको छतभरि सोलार राख्दा पनि आफैलाई नपुग्ने बिजुली उत्पादन हुन्थ्यो । तर, अहिले छतभर होइन घरको एउटा कुनामा मात्रै सोलार राख्दा पनि घरलाई पुग्ने बिजुली उत्पादन गर्न सक्ने प्रविधि विकास भइसकेको छ । यो वर्ष जलवायु परिवर्तनका कारण विश्वभरको तापक्रम बढेको छ । तापक्रम बढ्नु भनेको स्वत: ऊर्जाको माग पनि बढ्नु हो । नेपालमा पनि भरपर्दो वितरण प्रणाली भइदिएको भए पंखा राखेको परिवारले एसी राख्न सक्थे भने ग्यास विस्थापित गरेर विद्युतीय चूल्होमा खाना पकाउन सक्थे । तर, वितरण प्रणालीमा सुधार आउने कुनै संकेतसम्म नदेखिएकाले अब सर्वसाधारणले फेरि सोलार प्यानल राखेर भए पनि विद्युतीय चूल्होमा खाना पकाउन सक्ने जानकार बताउँछन् । नेपालमा सोलारको अवस्था राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका ६६ लाख ६० हजार ८४१ घरधुरीमध्ये ४ लाख २९ हजार १४१ घरधुरीले वैकल्पिक ऊर्जा सोलारको प्रयोग गरिरहेका छन् । त्यो भनेको कुल घरधुरीको ६ दशमलव ६ प्रतिशत हो । सन् २०११ मा सोलार प्रयोग गर्ने घरधुरीको संख्या ७ प्रतिशतभन्दा बढी थियो । त्यसबाहेक ८२ हजार ४१८ घरधुरीले बिजुली नै बाल्न पाएका छैनन् । उनीहरूको घरमा सोलारसमेत नरहेको तथ्यांकले देखाउँछ । हजार मेगावाट सोलार विकासको चरणमा नेपालमा पछिल्लो ३ वर्षको अवधिमा १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा गएका छन् । त्यसमध्ये १२ ओटा सोलार आयोजनाबाट ५८ मेगावाट विद्युत् उत्पादन शुरू नै भइसकेको छ । यद्यपि यसलाई जलविद्युत्सँग तुलना गर्दा २० मेगावाट मात्रै हो । पछिल्लो ३ वर्षको अवधिमा १२ ओटा आयोजनाबाट विद्युत् उत्पादन शुरू हुँदा अहिले यस क्षेत्रमा हजारौं लगानीकर्ताले सम्भावना खोजिरहेका छन् । अहिले ५ मेगावाट क्षमताका २ आयोजनाले निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा निवेदन दिएका छन् । १४१ मेगावाट क्षमताका ४ आयोजनाले सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । ९९ मेगावाट क्षमताका १४ आयोजनाले निर्माण अनुमति पाएका छन् भने ७०५ मेगावाट क्षमताका ४० आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । सबै गरेर अहिले १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा रहेको देखिन्छ । सोलार भए चाहिँदैन जलाशययुक्त आयोजना नेपालजस्तो नदी प्रवाहमा आधारित आयोजनाको बाहुल्य रहेको ठाउँमा ऊर्जा सम्मिश्रणका लागि सोलारको निकै ठूलो महत्त्व छ । तर, सरकारले त्यसअनुसार नीतिहरू नल्याउँदा सोलारको विकास सोचे जसरी हुन नसकेको ऊर्जाविज्ञ डा. सन्दीप शाहले बताए । भारतमा आजको दिनमा २४ प्रतिशत अंश सोलारको पुगेको भए पनि नेपालमा भने यो १ प्रतिशत पनि पुग्न सकेको छैन । तर, सरकारले भने ऊर्जा सम्मिश्रणका लागि सोलारको अंश १० प्रतिशत राख्ने निर्णय पहिले नै गरेको थियो । निर्णय गरेअनुसार काम नगर्दा सोलार विद्युत्को उत्पादन निकै पछि परेको छ । ३ हजार मेगावाट जलविद्युत् उत्पादन हुँदा १ हजार मेगावाट सोलार उत्पादन गर्न सकेको भए नेपालमा हिउँदमा भारतबाट आयात गर्नुपर्ने विद्युत््को परिमाण निकै नै घटाउन सकिन्थ्यो भने वर्षामा पनि विद्युत् खेर जाने अवस्था आउने थिएन । सोलार उत्पादनले दिउँसोको माग धान्ने र अर्धजलाशययुक्त आयोजनाले बिहान बेलुकाको पिक माग धान्ने हो भने जलाशयुक्त जलविद्युत् आयोजना नहुँदा पनि सहजै विद्युत्को गुणस्तरीय आपूर्ति गर्न सकिने जानकारहरू बताउँछन् । घरायसी प्रयोगका लागि रूफटप सोलार  रूफटप सोलार राख्दा १ किलोवाट क्षमताको मूल्य करीब ८० हजार रुपैयाँ पर्छ । एक किलोवाटको सोलारबाट दैनिक ५ युनिट विद्युत् उत्पादन हुन्छ । ५ किलोवाट क्षमताको रूफटप सोलार राख्दा करीब ४ लाख रुपैयाँसम्म खर्च हुन्छ । यसले दैनिक २० देखि २५ युनिट विद्युत् उत्पादन गर्छ । बेलाबेलामा प्यानलमा रहेको धूलो सफा गरिदिने हो भने ४० वर्षसम्म सोलारबाट करीब उत्ति नै क्षमताको विद्युत् लिन सकिने रिडी पावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् ।  एक हजार वर्गफिटको घरको छतमा २५ किलोवाट क्षमताको रूफटप सोलार राख्न सकिने र यसले दैनिक १०० युनिट विद्युत् उत्पादन गर्ने उनको भनाइ छ । रूफटप सोलार राखेर नेट मिटरिङको सुविधा लिँदा दिउँसो खपत नभएको विद्युत्लाई प्राधिकरणले किनिदिन्छ भने रातमा चाहिने विद्युत् प्राधिकरणले नै दिन्छ । महीना पुगेको दिन सोलारको उत्पादन बढी भएमा विद्युत् प्राधिकरणले पैसा तिर्छ भने उत्पादन कम भएको अवस्थामा अपुग बिजुलीको मात्रै ग्राहकले पैसा दिनुपर्छ । यो व्यवस्था केही समयअघि कार्यान्वयनमा आएको पनि अहिले विद्युत् प्राधिकरणले यसमा थप गृहकार्य नगरेको पनि नेपालले बताए ।

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो ।  उहाँले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताउनुभयो ।  ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।  ‘सरकारले डडेलधुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेलधुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उहाँले भन्नुभयो, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।’            दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उहाँले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताउनुभयो ।            ‘तपाईंहरू पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो’, उहाँले भन्नुभयो, ‘कुनैबेला तपाईंहरू जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्थे ।’ आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘आज मैले देखेको सपना कति पूरा भयो भएन ? त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ,’ उहाँले भन्नुभयो, ‘परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौं कि ।’ आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उहाँले बताउनुभयो । रासस

पश्चिम सेती र सेती नदी–६ ले बहुआयामिक विकासको ढोका खोल्ने

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरिसकेको छ । गत भदौ २ गते …

मध्यपहाडी राजमार्गले छोएका पालिका अब आर्थिक करिडोर

११ भदौ, कास्की । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग (लोकमार्ग) आयोजना निर्माणकै चरणमा छ । देशको पूर्वदेखि सुदूरपश्चिमसम्म पहाडी भूगोलमा विकासको मेरुदण्डका रूपमा हेरिएको उक्त राजमार्ग निर्माण सँगसँगै गण्डकी प्रदेशमा राजमार्गले छुने पालिकालाई आर्थिक करिडोरका रूपमा विकास गरिने भएको छ । गण्डकीमा मध्यपहाडी राजमार्गले गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ गरी पाँच जिल्लालाई छुन्छ । गोरखाको […]

सपनाबाट यथार्थतामा परिणत हुँदै पश्चिम सेती

काठमाडौँ । करिब चार दशकको प्रतिक्षापछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पश्चिम सेती जलविद्युत् परियोजनाले एउटा आकार लिएको छ । कहिले अष्ट्रेलियन त कहिले चिनियाँ कम्पनीले जिम्मा लिँदै, छाड्दै तथा आश्वासन देखाउँदै आएको आयोजना बिहीबारदेखि भने विकासको नयाँ चरणमा प्रवेश गरेको छ । नजिकैको ठूलो बजार, लगानीकर्ताको वित्तीय तथा प्राविधिक दक्षताका कारण पनि […]

एकीकृत सहरी विकासको बजेट बढाउन मन्त्री झाँक्रीको आग्रह

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । मन्त्री झाँक्रीले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् । आज (बिहीबार) मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै […]

एकीकृत शहरी विकासको बजेट बढाउन मन्त्री झाँक्रीको आग्रह

१० चैत, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् । बिहीबार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै […]

तीब्र गतिमा बन्दै गरेको एक्सप्रेस वे जसले छोटो अवधिमा जोड्नेछ बेइजिङ र देजाउलाई

चीनको हुवेइ प्रान्तमा हुँदै गरेको विकासको दृष्य हो यो। आकाशबाट लिइएको तस्बिरले यहाँको एक्सप्रेस वे रफ्तारमा बन्दै गरेको देखाउँछ। पहिलो चरणमा यो सडकले बेइजिङको दाक्सिङ विमानस्थल र हुवेइको देजाउ शहरलाई जोड्दैछ। आउँदै मे मा संचालनमा ल्याउने लक्ष्यका साथ सडक निर्माण तीब्र गतिमा चलिरहेको छ।  यसले बेइजिङ - देजाउलाई तीब्र गतिमा…

विकासको आधार तयार

समृद्धि र स्थायित्वको नारासहित निर्वाचनमा होमिएर सरकार बनाउने प्रस्ट मत पाएको वाम गठवन्धनका लागि धेरै हदसम्म विकासको आधार तयार भइसकेको छ । केही महत्त्वपूर्ण ऐनहरू पारित भएका छन् भने कतिपय निर्माणको चरणमा छन् ।