सांसद शाहीको फरक स्वास्थ्य रिपोर्ट : अस्पतालको शंकास्पद प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएको बुझिएको छ । प्रदेशसभामा मंगलबार उपस्थित भएर पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएका सांसद शाही फेरि पोखरास्थित चरक अस्पतालमा भर्ना भएपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई कोभिड–१९ वार्डमा राखिएको अस्पताल स्रोतले जनाएको छ । सांसद शाहीको हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै आइसोलेसनमा राखिएको हो ।गण्डकी प्र