प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रचण्ड-नेपाल समूहका पूर्व सांसदहरू माइतीघर मण्डलामा धर्नामा

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्व सांसदहरु प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै धर्नामा बसेका छन् । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार पूर्व सांसदहरुले बुधवार देखि मण्डलामा धर्ना शुरु गरेका हुन् । धर्नामा विघटित प्रतिनिधिसभा सभा र प्रदेश सभाका सांसदहरु सहभागि छन् । धर्नामा पम्फा भुसाल, देव गुरुङ, अष्टलक्ष्मी शाक्य लगायत सहभागि छन् । धर्ना माघ २१ गतेसम्म जारी रहने नेतृ भुसालले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

अदालतको फैसलाले राजनीतिमा ९ रेक्टरको भुइँचालो, अप्ठ्यारोमा माधव नेपाल र बादल !

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीतिमा ठूलो तरंग पैदा भएको छ । यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहनेछ भने प्रचण्ड-नेपाल पक्षमा लागेका माधवकुमार नेपाल पक्षका सांसदहरू र केपी शर्मा ओलीतिर लागेका माओवादी केन्द्रका सांसदहरूको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ । कानूनत: उनीहरूसँग कि पुरानै पार्टीमा फर्किने कि त सांसद पद गुमाउन तयार हुनुपर्ने अवस्था छ ।  नेकपा...

प्रचण्ड-माधव नेपालसहितका नेता संसद्का महासचिव गौतमको कार्यकक्षमा

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका सांसदहरू संघीय संसद्का महासचिव डा. भरत गौतमको कार्यकक्षमा पुगेका छन् । पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराउन प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल तथा सांसदहरू भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत निर्वाचन आयोग पुगेका हुन् । दलका जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । नेकपा दलको नेता परिवर्तनबारे जानकारी ग...

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू संसदीय