अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नयाँ राजनीतिक दलको योजना प्रति आक्रोश व्यक्त गरेका छन । मस्कले अमेरिका पार्टी बनाउन लागेको घोषणा गरेपछि ट्रम्प आक्रोसित देखिएका हुन । एयर फोर्स वन चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तेस्रो दल सुरु गर्नु हास्यास्पद कुरा हो । सधैं दुईदलीय प्रणाली रहँदै आएको छ र तेस्रो दलले झनै […]
क्लब विश्वकपबाट बहिर्गमनपछि बोरुसिया डर्टमन्डका प्रशिक्षक निको कोभाचले फुटबलको प्रतिस्पर्धाका लागि मेटलाइफ स्टेडियम योग्य नरहेको भन्दै तीव्र आलोचना गरेका छन्।
दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। अधिकारीका अनुसार दोहाको दुई भिन्न भवनमा साढे तीन घण्टा वार्ता चलेको थियो। दुवै पक्षको भनाइ कतार र इजिप्टका अधिकारीले आदान प्रदान गरेका थिए। अधिकारीहरूले सोमबार वार्ता हुने अपेक्षा गरेका छन्। दुई पक्षको असमझदारी हटाउन मध्यस्थकर्ता गरिरहेका छन्। रोयटर्सले दुई प्यालेस्टाइनी अधिकारीसँग गरेको कुराकानीमा […]
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताए । कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले दुई लाख विनियोजन गरेर […]