चरीकोट । दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । चरीकोट बजारमा सडक छेउमै बसका टिकट काउन्टर राखिएका छन् । साँघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप, जिल्ला भित्रिने र बाहिर आवतजावत गर्ने द्वार रहेको […]