राजनीतिमा महिला : कानुन बन्यो, कार्यान्वयन भएन

राजनीतिक दलका नेतृ तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिले राजनीतिमा महिला सहभागिताको लागि कानुन बने पनि कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ। मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा आयोजित राजनीतिक सहभागितामा महिलाको चुनौती र अबको बाटो विषयक कार्यक्रमका धारणा राख्ने नेतृहरुले यस्तो बताउनुभएको हो।