टर्कीमा राहत तथा उद्धारमा ढिलाइ भइरहे पनि स्थिति नियन्त्रणमै छ : राष्ट्रपति एर्दोगान

भूकम्पमा प्रभावितको उद्धार र राहतमा ढिलाइ भएको गुनासो बढेपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यति ठूलो विपद्को सामनाका लागि पूर्व तयारी गर्न नसकिने बताउनु भएको छ। उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्नु भएको छ । तर, उहाँले स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ। टर्कीका विपक्षी पार्टीले राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन् । यस्तै, आलोचकहरुले पनि  उद्धार र राहत कार्यका लागि छिटो र छरितो रुपमा सञ्चालन हुनु पर्ने आपत्कालीन सेवाको व्यवस्थापनमा सरकारको कमजोरी भएको औँल्याएका छन् । ट...