हरायाे बेठी परम्परा, धनकुटामा ३५ प्रतिशत रोपाइँ सम्पन्न

धनकुटा : असारकाे महिना सकिनै लागेको छ। धनकुटालगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको छ।तर, रोपाइँमा पहिलेपहिले नौमति बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा देख्न छोडिएको छ।हिजोआज शहरमा बस्ने नयाँ पुस्तालाई मात्र होइन, गाउँमा हुने कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ भनेको केहो थाहा हुन छोडेको छ। गाउँ बस्तीका खेतहरूमा नौमति घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठीका ब