उत्कृष्ट चुनावी गीतलाई कांग्रेसले दुई लाख ७५ हजार पुरस्कार दिने

काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई लाख ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्दीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम यो पुरस्कार प्रदान गर्ने […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आय...

समानुपातिकमा एमालेभन्दा कांग्रेस १ लाख ३० हजार मतले पछि, अरु दलले कति पाए ?

एमालेभन्दा झण्डै एक लाख ३० हजार कम मत पाएको कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार

काठमाडौं – समानुपातिक प्रणालीतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार समानुपातिकमा एमालेले २२ लाख ६९ हजार ११४ मत पाएको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ६६ हजार ४८९ मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले बढी सिट जिते पनि समानुपातिकमा एमाले अगाडि […]

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

एमालेपछि कांग्रेसले पनि ल्यायाे समानुपातिकमा १ लाख मत

काठमाण्डाै – नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत नघाएको छ । पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा गएको असारमा मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।

समानुपातिकमा एमाले र कांग्रेसले कटाए एक लाख मत

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले […]

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार पुरस्कार दिने

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो/भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्राेता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताउनुभयो । तयार पारिएको अडियो/भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतकाे सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने  कांग्रेसले जनाएको छ ।

उम्मेदवारी दर्ताबाट कांग्रेसले कमायो ५८ लाख ९५ हजार रुपैयाँ

काठमाडौं, मंसिर २६। नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि […]

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११

काठमाडौं। नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य बनाएको छ। यीमध्ये चार लाख ९ हजार ३३ जनाको भने पुरानै सदस्यता नवीकरण गरिएको हो। १४ औं महाधिवेशन गर्न कांग्रेसले अघिल्लो महाधिवेशनको भन्दा दोब्बर क्रियाशील बनाएको छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए। विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका टुंगिएपछि झण्डै एकलाख क्रियाशील थपिनेछ।