गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन, 'एमालेसँग कतै तालमेल हुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर नबोल्न निर्देशन दिएका छन्। शनिवार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले बाहिर बोलेर केही नहुने बताएका छन्। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंगो लगाउन सानेपामा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको उल्लेख गर्दै…

सम्बन्धित सामग्री

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।...

एमालेलाई चुनाव चुनौतीपूर्ण

काठमाडौं । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् । स्थायी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन् । स्थानीय तह निर्वाचन […]

निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्।स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछ

कांग्रेसभित्र छलफल : ३ हजार मतमा ३० हजार खन्याउन सजिलो छैन

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । सोमबार कांग्रेसका शीर्ष तहका नेताहरुको बैठकमा केही नेताले तालमेलको उद्देश्य प्रष्ट पार्न नसके परिणाम उल्टो आउने चेतावनी दिए । ‘तालमेलको बाटो पेचिलो छ । गठबन्धन जोगाउनुपर्ने पनि छ’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको सांगठनिक अवस्था अनुसार […]

कांग्रेस संसदीय निर्वाचनमा गठबन्धन गर्न चाहन्छः प्रवत्ता महत

‘आउने आम निर्वाचन तालमेल, सहकार्य गरेर जाने निर्णय पनि पार्टीले सर्वसम्मत गरेको छ,’उनले भने, ‘त्यसलाई अगाडि बढाउन छलफल अगाडि बढ्छ। हामी चाडै निस्कर्षमा पुग्छौँ भन्ने लागेको छ।’ गठबन्धन गर्नेमा पार्टीभित्र विमति नरहेको महतको जिकिर छ।...

‘तालमेल कार्यान्वयन भए उत्साहजनक परिणाम आउँछ’

२० वैशाख, काठमाडौं । पाँचदलीय सत्ता–गठबन्धनले स्थानीय तहमा गरेको तालमेल कार्यान्वयन भए उत्साहजनक परिणाम आउने बताउँछन् नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ । सत्ता–गठबन्धनले कति ठाउँमा तालमेल गर्‍यो ठ्याक्कै तथ्याङ्क भने उनीसित पनि छैन । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट नै भागबन्डा गरे । नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला तहका पार्टी संयन्त्रले निर्णय गरे । […]

खोटाङका कुन तहमा कसको अवस्था कस्तो?

खोटाङ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिवेला सबैको ध्यान तानेको छ। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन् भने कुन राजनीतिक दलका उम्मेदवार कस्ता आउने हुन् भन्ने चासो विषय बनेको छ।आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ। निर्वाचनमा गठबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन्। यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरे पनि ख

तल्लो तहका कार्यकर्तालाई जबरजस्ती तालमेल गर्न बाध्य पार्नु हुँदैन : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न बाध्य पार्न नहुने बताउनु भएको छ । काठमाण्डाै क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम आउने बताउनुभयो । चुनाव पछाडि बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने तर चुनावभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा स्वाभाविक नहुने उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनको तालमेल मोडालिटी चैत २७ मा मात्र आउने

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत २६ गतेभित्र जिल्लाका बस्तुगत अवस्थाबारे प्रतिवेदन पठाउन आग्रह गरेको छ। उक्त समितिको बैठक बालुवाटारमा बुधबार तीन घन्टासम्म बसेको थियो। बैठकमा तालमेलको ढाँचाबारे भने कुनै छलफल भएन। बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाका अनुसार आगामी चैत २६ सम्म जिल्लाको वस्तुगत […]

आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधवार संखुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी...