काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।
काठमाडौँ। काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका हुन्। उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद […]