गठबन्धन बैठक : प्रचण्ड सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किए

काठमाडौं : आज पनि साँझसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन बैठकमा सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किएका छन्। हिजो बैठक बसेर सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएपनि केही दल नआएपछि बैठक आजका लागि सरेको थियो।पार्टी भित्रका आन्तरिक किचलोका कारण गठबन्धन भित्र भाँडभैलो मच्चिएको छ। निर्वाचन आयोगले पर्सिसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन समय दिएपनि दलहरु भित्रैको रडाकोका कारण गठबन्धनको बैठक पछिल्लाे दुई दिन बस्नसमेत सकेको छैन।सिट बाँडफाँटका बिषयमा गठबन्धनको आ