काठमाडाैँ- ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा केहीबेरअघि मतगणना सुरु भएको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले जानकारी दिए। दलका प्रतिनिधि आउन ढिला हुँदा तोकिएको समयमा मतगणना सुरु हुन सकेको थिएन। ललितपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुर महानगरमा पुरानै […]