२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।